सखुबनी युवा समाजको निर्देशिका २०७३
-यस समुहको नाम "सखुबनी युवा समाज" रहने छ् । सखुबनी गाउमा यो समुह "युवा क्लब" का रुपमा रहने छ ।
२. समुहको उदेश्य :
-सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका वार्ड न ३ मा अवस्थित सखुबनी गाउभित्र रही रचनात्मक तथा सिर्जन्शिल कार्यका गर्ने । को हैसियतले अघी बढ्दै जाने ।
३ .समुहको आय श्रोत :
(क) बुदा नम्बर ४ को खण्ड (क), (ख) र (ग) मा उल्लेखित सर्तका आधारमा उठेको रकम नै यो समुहको आयको श्रोत हुनेछ ।
(ख) रकम सन्कलन पछी जेजे र जुन जुन कुरामा यो समुहको रकम खर्च हुन्छ अर्थात जेजे सामाग्री खरिद गरिन्छ त्यसलाई भाडामा लाए बापत प्राप्त शुल्क । सेवा सम्बन्धी कार्यमा खर्च गरिएको भए उक्त सेवा प्रयोग गरेबापत प्रयोगकर्ताबाट लीइने सेवा शुल्क ।
(ग) कसैले स्वेच्छाले समुहलाई प्रदान गरिएको रकम ।
(घ) वार्षिक देउसी भइलो कार्यक्रमबाट उठ्ने रकम ।
४ . सदस्य :
(क ) यस "सखुबनी युवा समाज" मा आबद्ध हुन चाहने ( जो सखुबनी बासी हुनुहुन्छ र जो हाल बिदेशमा हुनु हुन्छ) ले बैसाख ३०, २०७३ भित्र यस समुहमा रू .५००० /- जम्मा गरिसक्नु पर्ने छ ।
(ख ) उक्त मिती भित्र पैसा जम्मा नगर्ने तर पछी यस् समुहमा आबद्ध हुन चाहे ढिलो गरी आबद्ध हुन आएकामा रू.१००० /- थपी जम्मा रू. ६०००/- तिरे पछी मात्र यस् समुहमा आबद्ध हुन पाइने छ ।
(ग) जो हाल नेपाल हुनुहुन्छ तर निकट भबिस्यमा बिदेश पुग्नु हुनेछ त्यस्ता महानुभावले भने यस समुहमा आबद्ध हुन रू. ५०००/- मात्रै तिर्दा हुनेछ ।
५. सहयोग गरेको रकम फिर्ता नपाईने :
(क ) यस समुह भोली अगाडि बढ्दै जादा जुन सुक्कै समस्या बिबाद आए पनि समुहमा जम्मा भइसकेको रकम कुनै पनि सदश्यले फिर्ता पाऊ भन्ने अधिकार रहने छैन । उक्त ब्याक्ती सखुबनी युवा समाज मा नरहन चाहे नरहाला तर आफुले हालेको सुरुको रू ५०००/- रकम फिर्ता पाउने छैन । उक्त रकम स्वत: युवा क्लबको सम्पत्ति हुन जानेछ ।
६. कार्य सन्चालन समिती :
(क ) सखुबनी युवा समाजको एक कार्य सन्चालन समिती रहने छ जस्ले यस समुहको प्रशासनिक आर्थिक लगायतका काम ब्यबस्थित र पार्दर्शी ढंगले अभिलेख राख्ने छ ।
(ख ) आवश्यकता अनुसार यस समुहालाई युवा क्लबका रुपमा दर्ता पनि गराउन सकिनेछ ।
७. निर्णय प्रकृया बिधी :
(क ) यस समुहले गर्ने कार्य र कहाँ के कसरी खर्च गर्ने र के गर्ने भन्ने लगायत का यावत कुराहरुको टुङ्गो लोक्तान्त्रिक पद्धती मार्फत हुनेछ ।
(ख ) कुनै पनि कुराको टुङ्गो लाउने काम गर्दा माथि उल्लेखित यस निर्देशिकाको बुदा नम्बर ४ को खण्ड (क) (ख) र (ग) अनुसार सदस्य भएका महानुभाव हरूलाई मात्रै भोट् दिने अधिकार प्राप्त हुनेछ ।
(ग) माथिको बुदा नम्बर ४ को खण्ड (क) (ख) र (ग) अनुसार सदस्य भएका महानुभाव्हरूको सन्ख्यालाई कुल मतदाता सङ्ख्या मानिनेछ र त्यो कुल सन्ख्याको न्युनतम ८० % ले स्विकारेको कुनै पनि प्रस्ताव प्रस्ताव समुहबाट पारीत भएको मानिनेछ ।
तर यस समुहको लक्ष्य उदेश्यका बिपरित भने निर्णय गर्नका लागि प्रस्ताव समेत समुहमा पेश गर्न पाइने छैन ।
(घ) समुहको निर्देशिकामै परीमार्जित सम्सोधन गर्नु पर्ने भए चाँही कुल सदस्य (१०० % ) को सर्बसम्मती चाहिने छ ।
८. सुचना प्रवाह :
(क) सखुबनी युवा समाजको नाममा एउटा वेब- साइट www.sakhubaniyuwa.blogspotcom रहनेछ । उक्त वेब- साइट सन्चालन्को जिम्मा सखुबनी युवा समाजमा आबद्ध भएका कुनै एक ब्याक्तिलाई दीइनेछ । उक्त वेब-साइटमा यस समुहसङ्ग सम्बन्धित सारा सुचना जानकारी समेटिएको हुनेछ ।
(ख) सखुबनी युवा समाजले गरेका कुनै पनि निर्णय कार्य सुचना या बिग्यप्ती सो जारी भएको मिती र समयको एक हप्ता भित्रै वेब-साइटमा त्यस निर्णय, कार्य, सुचना या बिग्यप्ती का बारेमा जानकारी समेटीएको हुनु पर्नेछ ।
(ग) समुहका सदस्य मध्य प्राय: केही मात्रै यस सखुबनी गाउमा हुनु हुने हुनाले यस समुहले कुनै निर्णय लिनु परे, छलफल गर्नु परे अथवा नियमित भेट घाट गर्नु पर्ने भए सामाजिक सन्जाल Facebook मा "सखुबनी युवा समाज" नामक ग्रूप बनाइ सो ग्रूपलाई यस समुहको कार्य कक्षका रुपमा प्रयोग गरिने ।
९. वार्षिक प्रतिबेदन :
(क) हरेक बर्षको बैशाख महिना भित्र यस समुहमा जम्मा कती रकम जम्मा भयो, कहाँ के कती खर्च गरियो, के कसरी खर्च गरियो र समुहमा बचत मौज्दात कती छ सो का सम्बन्धमा बिस्त्रित विवरण सहित एक वार्षिक प्रतिबेदन पेश गरिने छ र सो प्रतिबेदन वेब-साइटमा राखिनेछ ।
(ख) समुहका सदस्य सखुबनी मै हुनु भए उहालाई सो प्रटिबेदन प्रिन्ट गरी उपलब्ध गराइने छ र गाउ भन्दा अन्यत्र हुने सदस्यको हकमा PDF फाइल बनाइ उपलब्ध गराइने छ ।
(ख) समुहका सदस्य सखुबनी मै हुनु भए उहालाई सो प्रटिबेदन प्रिन्ट गरी उपलब्ध गराइने छ र गाउ भन्दा अन्यत्र हुने सदस्यको हकमा PDF फाइल बनाइ उपलब्ध गराइने छ ।
स्पष्टिकरण: -यस सन्दर्भमा 'समुह' भन्नाले सखुबनी युवा समाजका सदस्यहरू हुन भन्ने सम्झनु पर्दछ ।
# सखुबनी युवा समाजका सदस्यहरू:
नाम ह्स्ताक्षर
१............................................. .............................
२............................................... .............................
३............................................ ..............................
४............................................. ...............................
५............................................... .............................
६.............................................. ............................
७............................................... .............................
८............................................... .............................
९................................................ ...............................
१०............................................. ...............................
११............................................ ...............................
१२............................................ ...............................
१३ ............................................. ...............................
१४............................................. ...............................
१५............................................. .............................
१६........................................... ............................
१७............................................ .............................
१८.............................................. .............................
१९............................................... ...............................
२०.............................................. ...............................
..
No comments:
Post a Comment