नमस्कार, तपाईंलाई स्वागत छ सखुबनी युवा समाजको यो ब्लगमा । सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका वार्ड न ३ मा अवस्थित सखुबनी गाउका हामी युवाहरु मिलेर सिर्जन्शिल कार्यका लागि हातेमालो गर्दै छौ । आउनुस् तपाईं पनि यो अभियानमा सहभागि बन्नुस् ...... www.sakhubaniyuwa.blogspot.com


Sunday, April 24, 2016

आज पनि नगरे खै कैले गर्ने ?

पाच मिनेट मात्रै लाग्ने छ.... कृपया यो लेख पुरा पढिदिनु होला ...
.........................................


हामीले पनि नगरे खै कस्ले गर्ने ? आज पनि नगरे खै कैले गर्ने ?


धेरै अघी खै कुन्नी कुन पुस्तकमा हो यस्तो लेखेको भेटेको थियो पङ्तिकारले-

तिमीलाई यो माटोले के दियो भन्ने प्रश्न कहिल्यै गर्दै नगर्नु 
बरू आँफैसङ्ग यो प्रश्न गर -  कि तिम्ले यो माटोलाई के दियौ ?

  आज यही प्रश्न यो पङ्तिकार तपाईंलाई गर्न चाहन्छ । तपाईंले कहिल्यै तपाईंकी आमाले तपाईंलाई खै के गरिन र ?  भनी सोच्नुसम्म पनि भएको छ ?  अह........ सोच्नु भएको छैन र त्यस्तो सोच्ने कुरो पनि हैन । किनकी यदी तपाईंले " मेरी आमाले मलाई खै के गरिन् र ?"  भन्ने प्रश्नको उत्तर वास्तवमै निस्पक्ष भएर सोच्नु भयो र, खोज्नु भयो भने तपाईंले यत्ती धेरै उत्तरहरू तपाईंका अघिल्तिर तेर्सिएका  पाउनु हुनेछ कि तपाईं कल्पना सम्म पनि गर्न सक्नु हुन्न ।  

           हो तेसै गरी यो  सखुबनी गाउ जहाँ तपाईं जन्मनु भयो । या यही नजम्मिए पनि यही हुर्कनु त भयो । यही खेल्नु भो,  बढ्नु भो । धेर थोर जिबन केहो बुझ्नु भो या बुझ्नु हुँदैछ । यही गाउको हावा, पानी, माटोले तपाईं हामीलाई दुई चार किलोको मासुको थुप्रोबाट आज तपाईं हामी जोजो जेजे छौ त्यो बनायो । के यो सानो देन हो र् ?
            तपाईं आज संसारका बढे बढे देश र शहरमा हुनुहोला । समय परिस्थिती र जिबनका बाध्यताहरूले तपाईंलाई त्यहा पुर्‍याएको छ । परदेशमा तपाईंले गाउघरमा उपलब्ध सेवा सुबिधा भन्दा कता हो कता उम्दा र तुलना नै गर्न नसकिने सेवा सुबिधा उपभोग गरिरहनु भएको होला ।  झिलिमिली शहर र सयौ तल्ला टावरहरू तपाईंको आँखा अघी सधैं परीरहेक्कै होलान ।  यो यथार्थ हो तर त्यतीका सेवा सुबिधा र झिलिमिली देखे पनि तपाईंले तपाईंको आफ्नो गाउ सखुबनी भुल्न सक्नु भएको छ ?
के तपाईंले कहिल्यै सखुबनी गाउलाई भुल्न सक्नु होला ?

        एक चोटि छातीमा हात राखेर सोच्नुस् । तपाईंलाई जवाफ मिल्ने छ-
                                                                                                      "अँहँ भुल्नै सक्दिनँ ।"

आखिर किन तपाईं यो गाउ भुल्न सक्नु हुन्न ? भन्नुस् .......किन भुल्न सक्नु हुन्न ?


             दु:ख पीडा र अभावै अभाव भएको यही गाउलाई नै तपाईं किन सम्झिरहनु हुन्छ ? किन......?
किनकी तपाईंका जिबनका अतितहरू यस गाउसङ्ग जोडीएका छन । यहाँको हावा, यहाँको माटो, यहाँको आकाश, यहाँको गाउघर -समाज यि सप्पैमा तपाईंको आत्मा गासिएको छ । अर्थात तपाईंको मन यही गाउमा छ । र यहाँ तपाईंका आफन्तहरू छन् । तपाईंका आमा बुवा हुनुहोला । छोराछोरी होलान । इस्ट-मित्र साथी-भाई होलान ।  तर आफन्तहरू भएरै मात्रै पनि   तपाईंलाई यो गाउ राम्रो लागिरहने हैन । यहाँ केही न केही त छ जस्ले तपाईं संसारको जुनसुक्कै कुनामा जानुस् यत्तै खिचिरहने छ । यत्तै तानिरहनेछ बल्छिले माछो ताने झै ।
              आज तपाईं जहाँ सुक्कै हुनु होस् । संसारको जुन सुक्कै कुनामा रहेर जतिसुक्कै कमाउनु होस् । आखिर अन्त्यमा फर्किने त यही गाउ नै त हो । आज तपाईं परदेशमा हुनु हुन्छ । त्यता हुँदा कम्तिमा पनि महिनाको पच्चिस तिस हजार त कमाउनु हुन्छ नै । त्यस मध्येबाट सानो रकम रू ५०००/-  पनि आफ्नो गाउका लागि छुट्याउन सक्नु हुन्न ?
             फेरी कुनै  बिरानो नचिनेको नजानेको नदेखेको गाउ पनि हैन । आफ्नै ठाउँ हो आफ्नै गाउ हो । आफ्नै गाउका भाई बैनीहरू "हामी गाउमै कै गर्छौ दाई दिदी तपाईंले अलिकती सहयोग गर्नु पर्‍यो "  भन्दा किन तपाईं सहयोग गर्न हिच्किचाइ रहनु भएको छ ? आखिर किन ?

            यसरी सन्कलित रकम कुनै ब्याक्ती बिसेसको खातामा जम्मा हुने पनि हैन । 'सखुबनी युवा समाज' भन्ने समुहको नाम मा जम्मा हुने हो । त्यो पैसा खाएर कोइ भाग्ला भन्ने पनि छैन । त्यसो हो भने भन्नुस् तपाईं किन आफ्नै गाउ ठाउका भाई बहिनिहरूले थालेको यो अभियानमा साथ दीरहनु भएको छैन ?
 भन्न्नुस् आखिर किन ..................?

           समय सधैं सधैं एक्नाश भइरहदैन । भोली तपाईं गाउमा फर्किए पछी दुई चार सय रुप्पैया  सहयोग गर्नुस् भन्दा पनि गार्हो पर्ने अवस्था हुन सक्ला । यो तपाईं एक्लै लाई पर्ने हैन । हामी सब्बैको अवस्था लगभग त्यही हो ।  त्यसो हो भने आज तपाईं ठाउँमा भएका बेला किन सहयोग नगर्ने ? आजका दिनमा जो बिदेशमा हुनुहुन्छ उहालाई पाच हजार रुपैया कुनै ठुलो रकम हैन । साथी भाई सङ्ग यस्सो रमाइलो गर्न बसीइयो  भने पाच् हजार त् के दस पन्ध्रै हजार पनि सकिन्छ कैले काइ । भने आफ्नै गाउका लागि चै  रू. ५०००/-  किन सहयोग नगर्ने ?

यसरी रकम उठाउदै जादा करोडौ अर्बौ रुप्पैया उठ्ने पनि हैन । यस गाउ बाट बिदेश पुग्नु भएका (हाल बिदेशमा रहनु भएका) हरूले सहयोग गर्नु भए एक डेढ लाख उठ्ने थ्यो । थ्यो रकमलाई गाउमै कुनै रचनात्मक सिर्जनात्मक कार्यमा लगाउन पाए भोली हामी पछी आउने भाई बहिनिहरूले पनि त्यही सिको गर्ने थिए र आउने पुषतालाई आफ्नो गाउका लागि सकेको गर्नु पर्छ है भन्ने सन्देश जाने थ्यो ।
 हाम्रो दिर्घकालिन लक्ष्य बह्नेकै त्यही हो आउदो पुस्तामा गाउप्रती समर्पन को भावना जाग्रित होओस भन्ने हो । तर आजका हामीले नै कै गरेनौ भने हामी पछीका भाई बैनिहरूले कस्को देखेर सिक्ने ?
अनी गाउ समाज कहिले उभो लाग्ने ?

       "म"   "मेरो परिवार"   त तप्पै हामीले आजसम्म भन्दै आएकै त हौ । आज एक्क पल्ट् "म" लाई बिर्सिएर "हामी" लाई सोच्नुस त ?  "हाम्रो गाउ"  "हाम्रो समाज"  भनेर चिन्तन मनन गर्नुस् त । तपाईं हामी बद्लिए पो गाउघर बद्लिन्थ्यो । तपाईं हामी बद्लिए पो समाज बद्लिन्थ्यो ।  र् सिङ्गो देश बद्लिन्थ्यो ।  तपाईं हामी आफुलाई पढे लेखेका, देश दुनियाँ घुमेका डुलेका भनेर फुर्ती लाउछौ । त्यो एक हद सम्म त हो पनि तर खै हाम्ले बुझ्न् सकेको 
- थोपा थोपा मिलेर सागर बन्छ  - भन्ने कुरो   ?
एकतामै बल हुन्छ -  भन्ने कुरो खै हाम्ले बुझेको ? 

एउटै गाउ घरमा जन्मी हुर्की खाइखेली हुर्किएका दौतरी छिमेकी गाउले- गाउलेहरू बिचमा त् विश्वाश छैन "कत्तै यिनिहरूले पैसा मिलेर खाने पो हुन कि ?" भन्ने आसंका छ   भने तपाईंले नै मलाई बताइदिनुस् त्यस्तो मान्छेले संसारको अर्को कुन मान्छे, कस्तो मान्छे र कहाको मान्छेलाई विश्वाश गर्ला ?

          आफ्नै गाउघरका भाई बैनिहरू (जो कै गर्छौ अलिकती सहयोग गर्दिनु परो दाजु ! भन्दै छन) लाई विश्वाश गर्न सक्दैन भने त्यो मान्छेलाई पनि त अरुले कसरी र् किन विश्वाश गर्लान र खै ?
     
            हाम्रै गाउमा पनि महिला समुहले बाचत खाता खोली रकम जम्मा गर्ने गर्नु भएको छ । तपाईं आफ्फै सोच्नुस् हाम्रा आमा दिदी बैनिहरू सङ्ग कती नै पो रकम हुदो होला र ? तै पनि उहाहरू बचत गरिरहनु भएको छ । त्यो बाचतले गाउले महिलाहरूलाई गर्जो टार्न भएकै छ ।
अरे हामी त युवा हौ । कमाउने उमेर भएका र कमाउदै गरेका । तपाईं हाम्रा लागि ५०००- रकम निक्कै ठुलो रकम पनि हैन आजको समयमा । साथी भाई सङ्ग यसो रमाइलो गर्न बसे त्यत्ती पैसा एक क्षण मै स्वहाँ हुन्छ । पिसाब भएरै जान्छ ।  तै पनि हामी किन रकम जम्मा गर्न आनाकानी गरिरहेका छौ त ?सब बुझेर पनि हामी किन अल्छि गरिरहेका छौ ?

यो हाम्रो यस समुहमा लगभग चालिस हजार त अहिलेनै उठीसकेको छ र सयोग गर्छु भनी हामी सङ्ग संपर्कमा आउने दाईभाइहरू को पनि लिस्ट बढीरहेकै छ ।  हामी यो रकम सल्लाह र् सहमतिले सखुबनी बासिका दैनिक जिबनसङ्ग सरोकार राख्ने बिषयमा खर्च गर्ने छौ । तपाईं आँफै सोच्नुस्- भोली गाउमा यस्तो नमुना कार्यका लागि को कस्ले सहयोग गर्‍यो भनी कसैले जिज्ञासा राखी बुझ्न् खोज्दा  त्यहा तपाईंको नाम नभए तपाईंलाई कस्तो महसुस होला ? तपाईंको परिवार भाई बैनालाई कस्तो महसुस होला ? उहाहरूलाई तपाईंले के भनेर जवाफ दिनु होला ?     सोच्नुस् .................. 
               

          सखुबनी युवा समाजलाई सहयोग गर्नुस् भनेर तपाईंलाई यसरी भनिरहदा यस्को अर्थ यस अभियान मा कुनै पनि हालतमा तपाईं आबद्ध हुन्नै पर्छ भनी भन्न खोजिएको हैन । अझै पनि कतिपय साथीहरू "किन पैसा दिनु पर्‍यो र यो समुहलाई ?" भनेर भनिरहनु भएको होला । यस्तो प्रश्न गर्नेहरूलाई मेरो उल्टै प्रती प्रश्न छ-
 "हामीलाई सहयोग गर्नै नहुने कारण चै के छ त ?" कृपया बताइ दिनु होला........... ।

          फेरी हामीले स्वदेशमा रहेकाहरू सङ्ग पनि त सहयोगका लागि आव्हान गरेका छैनौ । हाल बिदेशमा रहनु हुने सखुबनी बासिलाई हामीले आग्रह अनुरोध र् आव्हान गरेका हौ । एउटा राम्रो काम गरौ भन्ने मनशायले । यसरी सन्क्कलित रकमले कत्तै पिकनिक जाउला या कत्तै पार्टी गरौला या भोज्भतेर लगाउला भन्ने लक्ष्य पनि हैन हाम्रो । हामी कै रचनात्मक सिर्जन्शिल काम गर्न खोजिरहेका छौ जसले गाउलेको जिबन सङ्ग प्रतक्ष सरोकार राखोस् ।

         जिबनमा पैसा धेरै थोक होला त्यसमा दुई मत छैन तर पैसा सप्पै थोक हैन र हुन सक्दैन पनि ।
जिबनमा आफ्नो जन्मभुमी पनि कै हो आफ्नो गाउ समाज पनि कै हो आफ्ना गाउले भाई बैनिहरू पनि कै हुन । आफु जन्मिएको हुर्किएको खेलेको माटो पनि त् कै हो ! यो कुरो हामीले कहिल्यै बिर्सनु  हुन्न ।   
          हामीले हाल तत्काल ठुलठुला काम गर्न नसके पनि साना साना सही,  कै त गरौ भनेर यो अभियान यसरी थालीइयो । हो, हामी सक्छौ र सकेको गर्छौ भन्ने दाई दिदी अनी भाईहरूले सहयोगी हात अघी बढाउनु होला । हामी तपाईंको माया सद्भाव स्नेह र निर्देशनका लागि पर्खिरहनेछौ ।

एक चोटि  सोच्नुस् त -
हामीले पनि नगरे खै कस्ले गर्ने ? आज पनि नगरे खै कैले गर्ने ?


एउटा कुरा सधैं याद राखौ-
परिवर्तन भन्ने चिज कहिल्यै आफसे आफ हुँदैन...  बरू त्यो त गर्नु पर्छ । तपाईं हाम्रो यो समाजमा परिवर्तन होओस भन्ने चाहनु हुन्छ भने सुरुवातआँफै बाट थाल्नुस् ।अनी मात्रै परिवर्तन  हुनेछ । 




यो तलको भिडियो एक चोटी हेर्नुहोला >>> 

भिडियो  Youtube मा हेर्नका लागि यो लिन्कमा जानुहोस् >>  https://www.youtube.com/watch?v=DPkbup_k3Ns









...............










No comments:

Post a Comment