.......... सखुबनी युवा समाज .........
www.sakhubaniyuwa.blogspot.com सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका वार्ड न ३ मा अवस्थित सखुबनी गाउका हामी युवाहरु मिलेर सिर्जन्शिल कार्यका लागि हातेमालो गर्दै छौ । आउनुस् तपाईं पनि यो अभियान सहभागि बन्नुस् ...
Tuesday, August 23, 2016
Tuesday, June 14, 2016
छलफलका लागि प्रस्तुत प्रस्ताब
हामी यस 'सखुबनी युवा समाज' नामक समुह गठन गरि (हालका लागि सस्थाका रुपमा दर्ता नभए पनि) अघि बढिरहेका छौँ ।यस सखुबनी गाउँका बासिन्दाहरूलाई सकारात्मक र श्रीजनात्मक कार्यमा सहयोग गर्ने आशयले रकम सन्कलन कार्यको थालनी गरिइयो । यश कार्यमा हालसम्म १७ जना महानुभाब आबद्ध भैसक्नु भएको छ । थप महानुभाबहरूले 'हामी पनि आबद्ध हुन्छौं' भन्ने खालका कुरा गरे पनि दुई महिना कुर्दासम्म कुनै सकारात्मक व्यवहार प्रस्तुत गर्नु भएको छैन ।
यद्यपि हामी अझै उहाहरू अवश्य हामिसङ्ग आबद्ध हुनु हुने नै छ भन्ने अपेक्षा गर्दछौ ।
हाल सदश्य भैसक्नु भएका महानुभावले प्रती ब्याक्ति ५,०००/- जम्मा गर्नु भएको छ । जसबाट (१७×५००० = ८५०००/-) मोटामोटी उठेको/उठ्ने देखिन्छ ।
कुनै पनि ब्याक्तीको आवस्यकता पूरा गर्न उसले सामान्यतया सत्तरी असी हजार रुपैयाँ ऋण लिन खोज्छ ।उक्त ब्याक्तिलाई त्यसरी दिदा हाम्रो समुहमा हाल रहेको सप्पै रकम दिनु पर्ने हुन्छ । तसर्थ बरू सदश्य भैसक्नु भएका सदश्यले थप ५०००/- रकम जम्मा गर्दा समुहको खातामा डेढ लाख हाराहारी पैसा हुनेछ । जस्ले दुई तीन जनाको आवश्यकता (ऋणको) पूरा गर्न सहज हुनेछ ।
तसर्थ सबै सदश्यलाई थप ५०००/- थपी ब्याक्तिगत सहयोग १०,०००/- बनाउने सम्बन्धमा छलफल गर्नका लागी यो प्रस्ताब प्रस्तुत गरिन्छ ।
यसपछी समुहमा आबद्ध हुन चाहने नया ब्यक्तिले रू. १०,०००/- तिरे पछि मात्रै सदश्री हुने प्राबधान रहने छ ।
कृपया आफ्नो बिचार राख्नु हुन अनुरोध छ ।।
सखुबनी युवा समाजको ऋण सम्बन्धि नीति
१. हालका लागी यस समुहबाट ८०,०००/- रुपैयाँ सम्म ऋण दिन सकिने छ ।
२. तत्कालका लागि ऋण यस समुहमा आवद्ध सदश्यहरूलाई मात्रै प्रदान गरिने छ ।
३. सदश्यले ऋण लिदा एक महिना देखि बढिमा पाँच महिना सम्मका लागि लिन पाउने छन् ।
४. ऋणको ब्याजदर तहगत शैलीमा हुनेछ । अर्थात ऋण लिएदेखि पैलो र दोश्रो महिना सम्म, तेस्रो महिनाबाट चौथो महिनासम्म र अन्तिममा पाचौ महिनालाई फरक- फरक ब्याजदर हुनेछ ।
५ . निर्धारण गरिएको तहगत ब्याजदर:
- पैलो महिना + दोश्रो महिना ब्याजदर = 1 प्रतिशत
- तेस्रो महिना + चौथो महिना = 2 प्रतिशत
- अन्तिम महिना अर्थात पाँचौ महिना = 3 प्रतिशत ।
५. ऋणीले पाचौं महिना बितेर छौटौ महिना सुरु हुँदा सम्म रिन नतिरे उक्त ऋणीबाट केकसरी असुल उपर गर्ने भन्ने कुराको निर्णय यस समुहका सदश्यहरूको बैठकबाट गरिने छ । त्यसै अनुसार प्रक्रीया अगि बढ्ने बढाइने छ ।
सखुबनी युवा समाज
Tuesday, May 10, 2016
सखुबनी युवा समाजको कार्य सन्चालन समिती
१.अध्यक्ष- बिशाल खत्री
२. उपाध्यक्ष- राज कार्की
३. समुह ब्यबस्थापन प्रमुख- पूर्ण पौडेल .
४. कोशाध्यक्ष- जीबन श्रेष्ठ
५. सचिब- मनोज कटुवाल
६. सह-सचिब- दिनेश कार्की
७ उप-सचिब - राकेश बिस्ट
८. सदश्यहरू - माथि उल्लेखित सात पदमा आसिन हुनु भएका भन्दा बाहेक (जोजो रू. ५०००/- सहयोग गरेर समुहमा आबद्ध हुनु भएको छ् ) ब्याक्तिहरू
# तत्कालका लागि नेपाल प्रतिनिथी-
१. सुचना तथा संचार ब्यबस्थापक:
- शंकर निरौला
२. समुह खाता ब्यबस्थापक:
- उपेन्द्र निरौला
- बलराम कार्की
- भक्त बहादुर पौडेल
Monday, April 25, 2016
Sunday, April 24, 2016
आज पनि नगरे खै कैले गर्ने ?
.........................................
हामीले पनि नगरे खै कस्ले गर्ने ? आज पनि नगरे खै कैले गर्ने ?
धेरै अघी खै कुन्नी कुन पुस्तकमा हो यस्तो लेखेको भेटेको थियो पङ्तिकारले-
तपाईं आज संसारका बढे बढे देश र शहरमा हुनुहोला । समय परिस्थिती र जिबनका बाध्यताहरूले तपाईंलाई त्यहा पुर्याएको छ । परदेशमा तपाईंले गाउघरमा उपलब्ध सेवा सुबिधा भन्दा कता हो कता उम्दा र तुलना नै गर्न नसकिने सेवा सुबिधा उपभोग गरिरहनु भएको होला । झिलिमिली शहर र सयौ तल्ला टावरहरू तपाईंको आँखा अघी सधैं परीरहेक्कै होलान । यो यथार्थ हो तर त्यतीका सेवा सुबिधा र झिलिमिली देखे पनि तपाईंले तपाईंको आफ्नो गाउ सखुबनी भुल्न सक्नु भएको छ ?
के तपाईंले कहिल्यै सखुबनी गाउलाई भुल्न सक्नु होला ?
एक चोटि छातीमा हात राखेर सोच्नुस् । तपाईंलाई जवाफ मिल्ने छ-
"अँहँ भुल्नै सक्दिनँ ।"
आखिर किन तपाईं यो गाउ भुल्न सक्नु हुन्न ? भन्नुस् .......किन भुल्न सक्नु हुन्न ?
दु:ख पीडा र अभावै अभाव भएको यही गाउलाई नै तपाईं किन सम्झिरहनु हुन्छ ? किन......?
किनकी तपाईंका जिबनका अतितहरू यस गाउसङ्ग जोडीएका छन । यहाँको हावा, यहाँको माटो, यहाँको आकाश, यहाँको गाउघर -समाज यि सप्पैमा तपाईंको आत्मा गासिएको छ । अर्थात तपाईंको मन यही गाउमा छ । र यहाँ तपाईंका आफन्तहरू छन् । तपाईंका आमा बुवा हुनुहोला । छोराछोरी होलान । इस्ट-मित्र साथी-भाई होलान । तर आफन्तहरू भएरै मात्रै पनि तपाईंलाई यो गाउ राम्रो लागिरहने हैन । यहाँ केही न केही त छ जस्ले तपाईं संसारको जुनसुक्कै कुनामा जानुस् यत्तै खिचिरहने छ । यत्तै तानिरहनेछ बल्छिले माछो ताने झै ।
आज तपाईं जहाँ सुक्कै हुनु होस् । संसारको जुन सुक्कै कुनामा रहेर जतिसुक्कै कमाउनु होस् । आखिर अन्त्यमा फर्किने त यही गाउ नै त हो । आज तपाईं परदेशमा हुनु हुन्छ । त्यता हुँदा कम्तिमा पनि महिनाको पच्चिस तिस हजार त कमाउनु हुन्छ नै । त्यस मध्येबाट सानो रकम रू ५०००/- पनि आफ्नो गाउका लागि छुट्याउन सक्नु हुन्न ?
फेरी कुनै बिरानो नचिनेको नजानेको नदेखेको गाउ पनि हैन । आफ्नै ठाउँ हो आफ्नै गाउ हो । आफ्नै गाउका भाई बैनीहरू "हामी गाउमै कै गर्छौ दाई दिदी तपाईंले अलिकती सहयोग गर्नु पर्यो " भन्दा किन तपाईं सहयोग गर्न हिच्किचाइ रहनु भएको छ ? आखिर किन ?
यसरी रकम उठाउदै जादा करोडौ अर्बौ रुप्पैया उठ्ने पनि हैन । यस गाउ बाट बिदेश पुग्नु भएका (हाल बिदेशमा रहनु भएका) हरूले सहयोग गर्नु भए एक डेढ लाख उठ्ने थ्यो । थ्यो रकमलाई गाउमै कुनै रचनात्मक सिर्जनात्मक कार्यमा लगाउन पाए भोली हामी पछी आउने भाई बहिनिहरूले पनि त्यही सिको गर्ने थिए र आउने पुषतालाई आफ्नो गाउका लागि सकेको गर्नु पर्छ है भन्ने सन्देश जाने थ्यो ।
हाम्रो दिर्घकालिन लक्ष्य बह्नेकै त्यही हो आउदो पुस्तामा गाउप्रती समर्पन को भावना जाग्रित होओस भन्ने हो । तर आजका हामीले नै कै गरेनौ भने हामी पछीका भाई बैनिहरूले कस्को देखेर सिक्ने ?
अनी गाउ समाज कहिले उभो लाग्ने ?
आफ्नै गाउघरका भाई बैनिहरू (जो कै गर्छौ अलिकती सहयोग गर्दिनु परो दाजु ! भन्दै छन) लाई विश्वाश गर्न सक्दैन भने त्यो मान्छेलाई पनि त अरुले कसरी र् किन विश्वाश गर्लान र खै ?
हाम्रै गाउमा पनि महिला समुहले बाचत खाता खोली रकम जम्मा गर्ने गर्नु भएको छ । तपाईं आफ्फै सोच्नुस् हाम्रा आमा दिदी बैनिहरू सङ्ग कती नै पो रकम हुदो होला र ? तै पनि उहाहरू बचत गरिरहनु भएको छ । त्यो बाचतले गाउले महिलाहरूलाई गर्जो टार्न भएकै छ ।
अरे हामी त युवा हौ । कमाउने उमेर भएका र कमाउदै गरेका । तपाईं हाम्रा लागि ५०००- रकम निक्कै ठुलो रकम पनि हैन आजको समयमा । साथी भाई सङ्ग यसो रमाइलो गर्न बसे त्यत्ती पैसा एक क्षण मै स्वहाँ हुन्छ । पिसाब भएरै जान्छ । तै पनि हामी किन रकम जम्मा गर्न आनाकानी गरिरहेका छौ त ?सब बुझेर पनि हामी किन अल्छि गरिरहेका छौ ?
यो हाम्रो यस समुहमा लगभग चालिस हजार त अहिलेनै उठीसकेको छ र सयोग गर्छु भनी हामी सङ्ग संपर्कमा आउने दाईभाइहरू को पनि लिस्ट बढीरहेकै छ । हामी यो रकम सल्लाह र् सहमतिले सखुबनी बासिका दैनिक जिबनसङ्ग सरोकार राख्ने बिषयमा खर्च गर्ने छौ । तपाईं आँफै सोच्नुस्- भोली गाउमा यस्तो नमुना कार्यका लागि को कस्ले सहयोग गर्यो भनी कसैले जिज्ञासा राखी बुझ्न् खोज्दा त्यहा तपाईंको नाम नभए तपाईंलाई कस्तो महसुस होला ? तपाईंको परिवार भाई बैनालाई कस्तो महसुस होला ? उहाहरूलाई तपाईंले के भनेर जवाफ दिनु होला ? सोच्नुस् ..................
सखुबनी युवा समाजलाई सहयोग गर्नुस् भनेर तपाईंलाई यसरी भनिरहदा यस्को अर्थ यस अभियान मा कुनै पनि हालतमा तपाईं आबद्ध हुन्नै पर्छ भनी भन्न खोजिएको हैन । अझै पनि कतिपय साथीहरू "किन पैसा दिनु पर्यो र यो समुहलाई ?" भनेर भनिरहनु भएको होला । यस्तो प्रश्न गर्नेहरूलाई मेरो उल्टै प्रती प्रश्न छ-
"हामीलाई सहयोग गर्नै नहुने कारण चै के छ त ?" कृपया बताइ दिनु होला........... ।
फेरी हामीले स्वदेशमा रहेकाहरू सङ्ग पनि त सहयोगका लागि आव्हान गरेका छैनौ । हाल बिदेशमा रहनु हुने सखुबनी बासिलाई हामीले आग्रह अनुरोध र् आव्हान गरेका हौ । एउटा राम्रो काम गरौ भन्ने मनशायले । यसरी सन्क्कलित रकमले कत्तै पिकनिक जाउला या कत्तै पार्टी गरौला या भोज्भतेर लगाउला भन्ने लक्ष्य पनि हैन हाम्रो । हामी कै रचनात्मक सिर्जन्शिल काम गर्न खोजिरहेका छौ जसले गाउलेको जिबन सङ्ग प्रतक्ष सरोकार राखोस् ।
जिबनमा पैसा धेरै थोक होला त्यसमा दुई मत छैन तर पैसा सप्पै थोक हैन र हुन सक्दैन पनि ।
जिबनमा आफ्नो जन्मभुमी पनि कै हो आफ्नो गाउ समाज पनि कै हो आफ्ना गाउले भाई बैनिहरू पनि कै हुन । आफु जन्मिएको हुर्किएको खेलेको माटो पनि त् कै हो ! यो कुरो हामीले कहिल्यै बिर्सनु हुन्न ।
हामीले हाल तत्काल ठुलठुला काम गर्न नसके पनि साना साना सही, कै त गरौ भनेर यो अभियान यसरी थालीइयो । हो, हामी सक्छौ र सकेको गर्छौ भन्ने दाई दिदी अनी भाईहरूले सहयोगी हात अघी बढाउनु होला । हामी तपाईंको माया सद्भाव स्नेह र निर्देशनका लागि पर्खिरहनेछौ ।
एउटा कुरा सधैं याद राखौ-
भिडियो Youtube मा हेर्नका लागि यो लिन्कमा जानुहोस् >> https://www.youtube.com/watch?v=DPkbup_k3Ns
सखुबनी युवा समाजको निर्देशिका २०७३
-यस समुहको नाम "सखुबनी युवा समाज" रहने छ् । सखुबनी गाउमा यो समुह "युवा क्लब" का रुपमा रहने छ ।
२. समुहको उदेश्य :
-सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका वार्ड न ३ मा अवस्थित सखुबनी गाउभित्र रही रचनात्मक तथा सिर्जन्शिल कार्यका गर्ने । को हैसियतले अघी बढ्दै जाने ।
३ .समुहको आय श्रोत :
४ . सदस्य :
(क ) यस "सखुबनी युवा समाज" मा आबद्ध हुन चाहने ( जो सखुबनी बासी हुनुहुन्छ र जो हाल बिदेशमा हुनु हुन्छ) ले बैसाख ३०, २०७३ भित्र यस समुहमा रू .५००० /- जम्मा गरिसक्नु पर्ने छ ।
(ख ) उक्त मिती भित्र पैसा जम्मा नगर्ने तर पछी यस् समुहमा आबद्ध हुन चाहे ढिलो गरी आबद्ध हुन आएकामा रू.१००० /- थपी जम्मा रू. ६०००/- तिरे पछी मात्र यस् समुहमा आबद्ध हुन पाइने छ ।
(ग) जो हाल नेपाल हुनुहुन्छ तर निकट भबिस्यमा बिदेश पुग्नु हुनेछ त्यस्ता महानुभावले भने यस समुहमा आबद्ध हुन रू. ५०००/- मात्रै तिर्दा हुनेछ ।
५. सहयोग गरेको रकम फिर्ता नपाईने :
(क ) यस समुह भोली अगाडि बढ्दै जादा जुन सुक्कै समस्या बिबाद आए पनि समुहमा जम्मा भइसकेको रकम कुनै पनि सदश्यले फिर्ता पाऊ भन्ने अधिकार रहने छैन । उक्त ब्याक्ती सखुबनी युवा समाज मा नरहन चाहे नरहाला तर आफुले हालेको सुरुको रू ५०००/- रकम फिर्ता पाउने छैन । उक्त रकम स्वत: युवा क्लबको सम्पत्ति हुन जानेछ ।
६. कार्य सन्चालन समिती :
(क ) सखुबनी युवा समाजको एक कार्य सन्चालन समिती रहने छ जस्ले यस समुहको प्रशासनिक आर्थिक लगायतका काम ब्यबस्थित र पार्दर्शी ढंगले अभिलेख राख्ने छ ।
(ख ) आवश्यकता अनुसार यस समुहालाई युवा क्लबका रुपमा दर्ता पनि गराउन सकिनेछ ।
७. निर्णय प्रकृया बिधी :
(क ) यस समुहले गर्ने कार्य र कहाँ के कसरी खर्च गर्ने र के गर्ने भन्ने लगायत का यावत कुराहरुको टुङ्गो लोक्तान्त्रिक पद्धती मार्फत हुनेछ ।
(ख ) कुनै पनि कुराको टुङ्गो लाउने काम गर्दा माथि उल्लेखित यस निर्देशिकाको बुदा नम्बर ४ को खण्ड (क) (ख) र (ग) अनुसार सदस्य भएका महानुभाव हरूलाई मात्रै भोट् दिने अधिकार प्राप्त हुनेछ ।
(ग) माथिको बुदा नम्बर ४ को खण्ड (क) (ख) र (ग) अनुसार सदस्य भएका महानुभाव्हरूको सन्ख्यालाई कुल मतदाता सङ्ख्या मानिनेछ र त्यो कुल सन्ख्याको न्युनतम ८० % ले स्विकारेको कुनै पनि प्रस्ताव प्रस्ताव समुहबाट पारीत भएको मानिनेछ ।
तर यस समुहको लक्ष्य उदेश्यका बिपरित भने निर्णय गर्नका लागि प्रस्ताव समेत समुहमा पेश गर्न पाइने छैन ।
(घ) समुहको निर्देशिकामै परीमार्जित सम्सोधन गर्नु पर्ने भए चाँही कुल सदस्य (१०० % ) को सर्बसम्मती चाहिने छ ।
८. सुचना प्रवाह :
(ख) समुहका सदस्य सखुबनी मै हुनु भए उहालाई सो प्रटिबेदन प्रिन्ट गरी उपलब्ध गराइने छ र गाउ भन्दा अन्यत्र हुने सदस्यको हकमा PDF फाइल बनाइ उपलब्ध गराइने छ ।
स्पष्टिकरण: -यस सन्दर्भमा 'समुह' भन्नाले सखुबनी युवा समाजका सदस्यहरू हुन भन्ने सम्झनु पर्दछ ।
# सखुबनी युवा समाजका सदस्यहरू:
नाम ह्स्ताक्षर
१............................................. .............................
२............................................... .............................
३............................................ ..............................
४............................................. ...............................
५............................................... .............................
६.............................................. ............................
७............................................... .............................
८............................................... .............................
९................................................ ...............................
१०............................................. ...............................
११............................................ ...............................
१२............................................ ...............................
१३ ............................................. ...............................
१४............................................. ...............................
१५............................................. .............................
१६........................................... ............................
१७............................................ .............................
१८.............................................. .............................
१९............................................... ...............................
२०.............................................. ...............................
..
सन्कलित रकमले सर्ब प्रथम कुन कार्य गर्ने भन्ने स्म्बन्धमा हाल सम्म प्राप्त प्रस्ताव:-
"सखुबनी युवा समाज" मा रकम सङकलन अभियान तिब्रताका साथमा गइरहेको छ । त्यसका लागि हामीले रकम सङकलन गर्ने अन्तिम मिती पनि छलफलका लागि प्रस्तुत गरेका छौ । अबको २ दिन पछी त्यसका सम्बन्धमा पनि टुङ्गो लाग्ने छ ।
त्यस लगत्तै हामी सन्कलित रकमले के गर्ने भन्ने बिषयमा छालफल गर्ने छौ ।
हाम्रो यस सखुबनी गाउमा कुनै एउटा मात्रै समस्या या अभाव छैन । समस्याहरू धेरै छन अभावहरू धेरै छन । यस्तो भन्दै गर्दा ति समस्याबाट "सखुबनी युवा समाज" डराएको भन्ने अर्थ नलागोस । बरू हाम्रो आसय के भने हामीले एक एक गर्दै समस्या अभावहरूको पहिचान र बिस्लेशण गर्दै तिनको समाधान तर्फ लाग्नु पर्ने हुन्छ ।
त्यसै को छलफल तथा बहसका लागि हाल सम्म प्राप्त प्रस्ताबहरू यस प्रकार छन-
१. सखुबनी गाउमा एउटा WIFI राख्नु पर्ने
- अहिले गाउका सब्बैको हातमा Android phone हुने गरेको छ । ति सब्बैले internet चलाऊछन नै । internet चलाऊदा टेलिकम को चर्को मुल्यको डाटा किन्नु पर्ने बाध्यता छ । सखुबनी युवा समाजको सन्कलित रकमले WIFI राखे त्यो समस्या हटेर जानेथ्यो । साथै घर गाउ बाट बिदेश गएकाहरू सँग परिवारले सजिलाई र र सस्तो दरमा Video chat, internet call लगायत internet चलाऊन पाउने थिए .....
२ जेनेटर खरिद गर्नु पर्ने
- गाउमा नेपाल बिद्युत प्राधिकरणको प्रसारण लाइन पुगी सकेको भए पनि लोड सेड्डिङ्ग छ । अरु बेला त लोडशेडिङ्ग लाई झेल्न सकिएला तर विवाह ब्रत बन्ध, देउसी भइलो जस्ता सामाजिक घटनाहरूमा जेनेटर भए ढेरै राहत मिल्नेथ्यो । पछी जेनेटरले खडेरीमा पम्पबाट पानी तानी सिचाइ गर्न पनि सकियो त्यस्तो परिस्थिती आए.....
३. आधुनिक म्युजिक सिस्टम (Music System DJ ) खरिद गर्नु पर्ने
- गाउमा हुने सामाजिक कार्य विवाह ब्रतबन्ध लगायतका कार्यमा म्युजिक सिस्टम मायक आवश्यक पर्ने भएकाले त्यो अभाव पुरा हुने थ्यो ।
म्युजिक सिस्टमलाई गाउ वारीपरी भाडामै पनि दिन सकिएला तर उक्त भाडामा लिनेले सामानको ग्यारेन्टी लिनु पर्नेछ ...
४.गाउ बाट कै सिर्जनशिल काम गर्छु भन्नेलाई सस्तो ब्याजदरमा रिन दिनु पर्ने
- यसो गर्नाले गाउमा सस्तो ब्याजदरमा रिन उपलब्ध हुनेछ । र रिन दिदा सखुबनी युवा समाजका सदस्यलाई बिशेष प्राथमिकता दिन सकिन्छ, जस्ले गर्दा समुहमा आबध्ध नभएका हरू पनि समुहमा आबद्ध हुन खोज्नेछन ....
५ . .......................................
६. ...............................
७. ......................................
सन्कलित रकमले सर्ब प्रथम कुन कार्य गर्ने भन्ने सम्बन्धमा सुझाब आउने क्रम जारी छ । तपाईं पनि सुझाब दिनु होस् ।
यदी तपाईं यो समुहको सदश्य हुनु हुन्छ भने त यहाँले अनिवार्य रुपमै प्रस्ताव राक्नै पर्यो र यहाँले राख्नु पनि हुने नै छ ।
तर तपाईं यस् समुहमा आबद्ध हुनु हुन्न भने पनि तपाईंले हामीलाई गाउमा यसो चै पैला गर्नु पर्छ है भने सुझाव दिन सक्नु हुन्छ । प्रस्ताब राख्न सक्नु हुन्छ ।
हामी तपाईंको सल्लाह सुझाव प्रतिकृया को सधैं पर्खाइ मा छौ ।
सुचना नम्बर - १
प्रकाशित मिती: २०७३-बैशाख -१२
५:३० बजे (स्थानिय नेपाली समय अनुसार)
"सखुबनी युवा समाज" मा रकम जम्मा हुने क्रम जारी छ ।
र् यो क्रम जारी हुँदै जानेछ । तर रकम सन्कलन का लागि हामीले निस्चित मिती नतोकिएकाले यस् समुहमा अबद्ध हुन चाहने महानुभावहरूले पनि "बिस्तारइ आबद्ध हुला नि" भन्ने मानसिक्ता लीएको पाइयो ।
तसर्थ रकम सन्कलन अभियानलाई ब्यबस्थित र तिब्र चाडो गर्नका लागि हामीले अन्तिम मिती तोक्ने निर्णय गरेका छौ । त्यसका लागि निम्न सर्त तथा सम्झौतामा छलफल गर्नका लागि सामाजिक सन्जाल फेसबूकको "सखुबनी युवा समाज" नामक ग्रुपमा आबध्द्ध हुनु हुन सम्बन्धित सब्बैमा सुसुचित गरिन्छ।
छलफलका लागि समय सिमा: सुचना प्रकाशित भएको मिती र समय देखी २ दिन सम्म
छलफलका लागि प्रस्तुत शर्त तथा सम्झौताका बुदाहरू:-
१...यस "सखुबनी युवा समाज" मा आबद्ध हुन चाहने ( जो सखुबनी बासी हुनुहुन्छ र जो हाल बिदेशमा हुनु हुन्छ) ले बैसाख ३०, २०७३ भित्र यस समुहमा रू .५००० /- जम्मा गरिसक्नु पर्ने छ ।
२... उक्त मिती भित्र पैसा जम्मा नगर्ने तर पछी यस् समुहमा आबद्ध हुन चाहे जरिवाना स्वरुप रू. १००० /- थपी रू. ६०००/- तिरे पछी मात्र यस् समुहमा आबद्ध हुन पाइने छ ।
३... जो हाल नेपाल हुनुहुन्छ तर निकट भबिस्यमा बिदेश पुग्नु हुनेछ त्यस्ता महानुभावले भने यस् समुहमा आबद्ध हुन रू. ५०००/- मात्रै तिर्दा हुनेछ ।
४. एकै घरबाट दुई या दुई भन्दा बढी ब्याक्ती बैदेशिक रोजगारमा भए सो परिवारका सदश्यबाट प्रती ब्याक्ती रू. ३०००/- मात्रै तिरे यस समुहको सदश्य हुन सकिने ।
..
Saturday, April 23, 2016
Thursday, April 21, 2016
video हरू
Wednesday, April 20, 2016
सखुबनी युवा समाजका लागि रकम प्रदान गर्नु हुने महानुभावहरू :-
1. मनोज कटवाल - रू. 5000
2. विशाल पौडेल - रू. 5000
3. बिचारी कार्की - रू. 5000
4. जीवन श्रेष्ठ - रू. 5000
5. पुर्न पौडेल - रू.5000
6. सुरेस कर्की - रू. 5000
7. देबराज चौलागाइ - रू. 5000
देउसी भईलो कार्यक्रम मार्फत उठेको (२०७२ ) - रू. 5900
हाल सम्म सङलित रकम जम्मा : ४०,९०० मात्र ।
























