नमस्कार, तपाईंलाई स्वागत छ सखुबनी युवा समाजको यो ब्लगमा । सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका वार्ड न ३ मा अवस्थित सखुबनी गाउका हामी युवाहरु मिलेर सिर्जन्शिल कार्यका लागि हातेमालो गर्दै छौ । आउनुस् तपाईं पनि यो अभियानमा सहभागि बन्नुस् ...... www.sakhubaniyuwa.blogspot.com


Tuesday, June 14, 2016

छलफलका लागि प्रस्तुत प्रस्ताब

हामी यस 'सखुबनी युवा समाज'  नामक समुह गठन गरि (हालका लागि सस्थाका रुपमा दर्ता नभए पनि) अघि बढिरहेका छौँ ।यस   सखुबनी गाउँका बासिन्दाहरूलाई सकारात्मक र श्रीजनात्मक कार्यमा सहयोग गर्ने आशयले रकम सन्कलन कार्यको थालनी गरिइयो । यश कार्यमा हालसम्म  १७  जना महानुभाब आबद्ध भैसक्नु भएको छ । थप महानुभाबहरूले 'हामी पनि आबद्ध हुन्छौं' भन्ने खालका कुरा गरे पनि दुई महिना कुर्दासम्म कुनै सकारात्मक व्यवहार प्रस्तुत गर्नु भएको छैन ।
यद्यपि हामी अझै उहाहरू अवश्य हामिसङ्ग आबद्ध हुनु हुने नै छ भन्ने अपेक्षा गर्दछौ ।

हाल सदश्य भैसक्नु भएका महानुभावले प्रती ब्याक्ति ५,०००/- जम्मा गर्नु भएको छ । जसबाट (१७×५००० = ८५०००/-)  मोटामोटी  उठेको/उठ्ने देखिन्छ । 

कुनै पनि ब्याक्तीको आवस्यकता पूरा गर्न उसले  सामान्यतया सत्तरी असी हजार रुपैयाँ ऋण लिन खोज्छ ।उक्त ब्याक्तिलाई त्यसरी दिदा हाम्रो समुहमा हाल रहेको सप्पै रकम दिनु पर्ने हुन्छ । तसर्थ बरू सदश्य भैसक्नु भएका सदश्यले थप ५०००/- रकम जम्मा गर्दा समुहको खातामा डेढ लाख हाराहारी पैसा हुनेछ । जस्ले दुई तीन जनाको आवश्यकता (ऋणको) पूरा गर्न सहज हुनेछ ।
तसर्थ सबै सदश्यलाई थप ५०००/- थपी ब्याक्तिगत सहयोग १०,०००/- बनाउने सम्बन्धमा छलफल गर्नका लागी यो प्रस्ताब प्रस्तुत गरिन्छ ।
यसपछी समुहमा आबद्ध हुन चाहने नया ब्यक्तिले रू. १०,०००/- तिरे पछि मात्रै सदश्री हुने प्राबधान रहने छ ।
कृपया आफ्नो बिचार राख्नु हुन अनुरोध छ ।।


सखुबनी युवा समाजको ऋण सम्बन्धि नीति

१. हालका लागी यस समुहबाट ८०,०००/- रुपैयाँ सम्म ऋण दिन सकिने छ ।

२. तत्कालका लागि ऋण यस समुहमा आवद्ध सदश्यहरूलाई मात्रै प्रदान गरिने छ ।

३. सदश्यले ऋण लिदा एक महिना देखि बढिमा पाँच महिना सम्मका लागि लिन पाउने छन् ।

४. ऋणको ब्याजदर तहगत शैलीमा हुनेछ । अर्थात ऋण लिएदेखि  पैलो र दोश्रो महिना सम्म, तेस्रो महिनाबाट चौथो महिनासम्म र अन्तिममा पाचौ महिनालाई फरक- फरक ब्याजदर हुनेछ ।

५ . निर्धारण गरिएको तहगत ब्याजदर:

- पैलो महिना + दोश्रो महिना ब्याजदर = 1 प्रतिशत 
- तेस्रो महिना + चौथो महिना =  2 प्रतिशत 
- अन्तिम महिना अर्थात पाँचौ महिना  = 3 प्रतिशत ।

५. ऋणीले पाचौं महिना बितेर छौटौ महिना सुरु हुँदा सम्म रिन नतिरे उक्त ऋणीबाट केकसरी असुल उपर गर्ने भन्ने कुराको निर्णय यस  समुहका सदश्यहरूको बैठकबाट गरिने छ । त्यसै अनुसार प्रक्रीया अगि बढ्ने बढाइने छ ।

                  सखुबनी युवा समाज